बसमा आगलागी हुँदा बीस यात्रुको मृत्य

प्रकाशित मिति: April 1, 2019 5:53 pm

चैत १८, लिमा – पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो ।

उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।

पेरुमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि पनि गत जनवरी २५ मा मध्य पेरुमा रहेको एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए ।
पेरुमा सवारीका साधनहरु दुर्घटनामा पर्ने घटनाहरु बारम्बार भइरहन्छन् ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......