रोकीएको एसइई परीक्षा कहीले देखि ? थाहा पाउनुहोस्

प्रकाशित मिति: April 1, 2019 6:01 pm

चैत १८, भक्तपुर – परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ को एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

फोहोरबाट सिलिन्डरमै बायोग्यास

काठमाडौँ – कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन......

ललितपुरमा रोकिराखेको दुईवटा बसमा आगलागी

– फाइल फोटो काठमाडौँ – ललितपुर महानगरपालिका– १३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान......