रोकिएको एसइई परिक्षा आजबाट पुनः सुरु

प्रकाशित मिति: April 5, 2019 10:47 am

चैत २२, काठमाडौं – परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा आजदेखि पुनः सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको थियो।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिएको हो। प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा आज भइरहेको छ भने सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुनेछ।

अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......