फेरि गयो ६.१ म्याग्निच्यूडको भूकम्प

प्रकाशित मिति: April 7, 2019 5:58 pm

चैत २४, जकार्ता – इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताउनुभयो । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उहाँले जानकारी दिनुभयो । इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......