भाईको एसइई परिक्षा दाईले दिएपछि…

प्रकाशित मिति: April 8, 2019 11:42 am

चैत २५, लहान – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......

राष्ट्रपति भण्डारी आज चीन जाँदै

बैशाख ११, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन......