ब्रेकिङ न्युज

सुत्केरी भएकै दिन श्रीमानले मरणासन्न हुने गरि चिर्पटले हानेपछि…

प्रकाशित मिति: April 9, 2019 5:27 pm

चैत २६, काठमाडौँ – सुत्केरी भएकै दिन आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्। पर्वतको फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमति मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

आइतबार राती ९ बजे ३३ वर्षीया श्रीमती मुना नेपालीलाई मादक पदार्थ सेवन गरी चिपर्ट प्रहार गरेका हुन् । घाइते श्रीमतीको टाउकोमा ३१ टाका लगाइएको छ । छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले श्रीमानलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

आइतबार बिहान घरमा नै नवशिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्। आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचार का लागि सोमबार दिउँसो पोखरा पठाइएको हो।

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन्। मदनले मदिराको नसामा सुत्केरी श्रीमतिमाथि हातपात गरेका हुन्।रक्सीले मात्तिदै घरमा आएका उनले एक्‍कासी आफूमाथि हातपात गरेको पीडित महिला मुनाले बताइन्।गी मनसँग आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेकी छन्।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......