सेफ्टीट्याङ्की भित्र निसास्सिए दुई जनाको ज्यान गयो

प्रकाशित मिति: April 10, 2019 12:43 pm

चैत २७, राँझा – बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए।

शौचालयको सेफ्टीट्याङ्की फोडेर गए राति नै दुवैको शव निकालिएको छ। मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको उनले बताए।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......