ब्रेकिङ न्युज

आफ्नै श्रीमानले गरे सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्या

प्रकाशित मिति: April 10, 2019 6:13 pm

चैत २७, भोजपुर – भोजपुरमा एक सुत्केरी श्रीमतीको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका– ४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जानुकाले २ महिना अघि छोरालाई जन्म दिएकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सामान्य विवादमा रमेशले घरमै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । रमेशलाई अहिले प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......