विश्वकप छनोटमा नेपालको विशाल जीत

प्रकाशित मिति: April 12, 2019 6:29 pm

चैत २९, काठमाडौं – मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको सेलाङगोर टर्फ क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको हो । यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमनलाई हराएको कुवेत दोस्रो स्थानमा छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको कप्तानी इनिङमा राशिद खान र कमल सिंह ऐरीको तुफानी ब्याटिङ थपिएपछि नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेल शतक बनाउनबाट चुके । उनले ९५ रन बनाए । १०७ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे । राशिद खानले आक्रामक ब्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गरे तर उनी पनि अर्धशतबाट चुके । राशिदले ४६ रन बनाए । कमल सिंह ऐरीले तुफानी ब्याटिङ गर्दै १८ बलमा ३१ रन बनाए । उनले ३ छक्का प्रहार गरे । पवन शर्राफले ४७ र भीम शार्कीले २६ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभर खेल्दै ६५ रनमै अलआउट भयो । सिंगापुरका लागि इशान सावनेले २८ र साइ वेनुगोपालले १८ रन बनाए । तर अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि सिंगापर ६५ रनमै अलआउट भयो । नेपालको लागि पवन सर्राफले ३ विकेट लिए । कुशल मल्ल र सूर्य तामाङले २–२ तथा राशिद खानले १ विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......