मिलेमतोमा अवैध विद्यार्थी लाई वैध बनाइँदै

प्रकाशित मिति: April 14, 2019 9:53 am

बैशाख १, काठमाडौं – पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २.० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना हुन पाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरूमा भर्ना लिइएको थियो ।

तर, सम्बन्धन पाएका देशभरिका ५८ निजी कलेजमध्ये ४२ वटा कलेजले परिषद्लाई लत्याएर ‘सी’ वा जीपीए २.० ग्रेडभन्दा कम ग्रेड ल्याएका ३ सय ९१ जना भर्ना गरेका विद्यार्थीलाई विश्वविद्यालयले दर्ता नगराएपछि चैत १५ गतेबाट हुने भनिएको परीक्षा अझै हुन सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......