पूरै गाउँ लालपुर्जाविहीन

प्रकाशित मिति: April 14, 2019 10:22 am

बैशाख १, अछाम – मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

तत्कालीन ठाँटी गाविसमा २०४५/४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो । तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो ।

तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो । ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए ।

सम्बन्धित शीर्षकहरु

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......

राष्ट्रपति भण्डारी आज चीन जाँदै

बैशाख ११, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन......