घोषणामै सिमित रह्यो प्रदीपको ‘दिपेन्द्र सरकार’

प्रकाशित मिति: April 15, 2019 9:48 am

‘प्रेम गीत २’ रिलिजको तयारीमा थियो । त्यहीँ समय ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले पाँच तारे होटलमा निकै तामझामका साथ नयाँ फिल्मको घोषणा गरे । फिल्मको नाम ‘दीपेन्द्र सरकार’ राखिएको थियो । दरवार हत्याकाण्डमा मृत्यु भएका राजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथामा आधारित रहेर फिल्म निर्ण गर्ने बताइएको थियो । फिल्ममा नायक प्रदीप खड्का दीपेन्द्र सरकार बन्दै थिए ।

फिल्मको घोषणा कार्यक्रममा नै प्रदीपलाई दिपेन्द्र स्टाइलको पोशाकमा उपस्थित गराइएको थियो । तर, फिल्म घोषणाको लामो समय बितिसक्दा पनि फिल्म निर्माणको अत्तोपत्तो छैन् । घोषणा कार्यक्रममा निर्माता सेनले फिल्म ५ करोड ५० लाखमा निर्माण गर्ने र ७५ सालको जेठ १९ गते प्रदर्शन गर्ने समेत घोषणा गर्न भ्याएका थिए । तर, उनले बोली पूरा गर्न सकेनन् ।

उक्त फिल्मको घोषणा पछि प्रदीपको ‘प्रेम गीत २’, ‘लिलिबिली’, ‘रोज’ र लभ स्टेशन रिलिज भइसके । निर्माता सेनले पनि नयाँ फिल्म ‘मेरी मामु’ निर्माण गरेर रिलिज गरिसके । तर, उक्त फिल्मको अवस्था के छ कसैलाई थाहा छैन् ।

अहिले निर्माता सेन ‘प्रेम गीत ३’ निर्माणमा तम्सिएका छन् । प्रदीपलाई पनि अन्य फिल्ममा काम गरेर भ्याई नभ्याई छ । ‘प्रेम गीत ३’ मा पनि उनी मुख्य भूमिकामा छन् । यसो हुदाँ दीपेन्द्र सरकार घोषणामा नै सिमित हो भन्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......