केन्याको नाइट क्लबबाट १२ जना नेपाली महिला पक्राउ

प्रकाशित मिति: April 15, 2019 1:49 pm

काठमाडौँ – अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ गरेको छ । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार छापा मार्ने क्रममा क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको हो ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताएका छन् । उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गरेको छ ।
– राजधानीबाट

सम्बन्धित शीर्षकहरु

बालुवाटार यसरी भयो व्यक्तिको

बैशाख १२, काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग......

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......