‘भारत’ को पोस्टरमा सलमान खानको यस्तो लुक्स

प्रकाशित मिति: April 15, 2019 2:10 pm

काठमाडौं – बलिउड चलचित्र ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सलमान खानलाई एक वृद्ध पुरुषको गेटअपमा देखिन सकिन्छ ।


सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तस्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ’जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । चलचित्रमा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

बालुवाटार यसरी भयो व्यक्तिको

बैशाख १२, काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग......

आज १४ औं लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरि मनाईंदै

बैशाख ११, काठमाडौं – आज १४ औं लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको......