हास्यकलाकार माग्ने बुढा सरकारबाट सम्मानित

प्रकाशित मिति: April 15, 2019 2:55 pm

काठमाडौँ – सरकारले चर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढालाई ‘प्रवल जनसेवा श्री’ बाट विभूषित गरेको छ । लामो समय देखि हास्यकलाकारीताको माध्यम बाट जनताको सेवा गरेको भन्दै सरकारले उनलाई सो सम्मान प्रदान गरेको हो।

आइतबार सितलनिवासमा आयोजीत विशेष समारोहबिच राष्टपति विद्यादेवि भण्डारीले उनलाई सम्मानित गरेकी हुन् । सम्मानित भएपछि घिमिरेले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ । सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै अटाईंदैन ।त्यसेले सधैं सानै हुन पाउँ । हंसाईरहन पाउॅ। “प्रबल जनसेवा श्री” बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।”

सम्बन्धित शीर्षकहरु

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’

बैशाख १२, काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम......

११ र १२ को परीक्षामा कडाइ गर्न शिक्षामन्त्रीको निर्देशन

बैशाख १२, काठमाडौँ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु......