“टिक टक” भिडियो बनाउँदा गोली लागेर साथीको ज्यान गयो

प्रकाशित मिति: April 15, 2019 3:14 pm

काठमाडौं – भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो ।

पुलिसका अनुसार शनिबार राती सलमान नामका एक व्यक्ति आफ्ना साथी सोहेल र आमिरसँग इन्डिया गेटको यात्रामा निस्किए । फर्कने बेला, कार चलाइरहेका सलमान नजिकै बसेका सोहेलले बन्दुक निकाले । टिकटकमा भिडियो बनाउँदै सोहेलले सलमानलाई बन्दुक ताके तर त्यसबाट निस्केको गोली सलमानको बायाँ गालामा लागेको पुलिसले बताएको छ ।

स्रोतका अनुसार घटनाका बेला आमिर पछाडिको सिटमा बसेका थिए । घटनापछि दुई साथी आत्तिँदै सोहेलका दर्यागञ्जस्थित आफन्तकोमा गए र रगत लत्पत्तिएको लुगा फेरे । त्यसपछि उनीहरुले सलमानलाई नजिकैको एदएनजेपी अस्पताल पुर्याए । डाक्टरले त्यहाँ उनको मृत्यु भइसकेको घोषणा गरे ।

सलमानलाई अस्पताल भर्ना गरेलगत्तै उनीहरु त्यहाँबाट भागे । बेलुकी करिब सवा ११ मा अस्पताल प्रशासनले पुलिसलाई खबर गरेको बताइन्छ । आमिर, सोहेल र सरिफ नामका एक व्यक्तिलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

सलमानलाई गोली चलाएको आरोपमा, आमिरलाई हतियार जमिनमा गाडेको र घटनास्थलमा नभएका सरिफलाई रगताम्मे लुगा जमिनमा पुरेको आरोपमा पक्राउ गरिएको पुलिसले बताएको छ । सलमानको पोष्टमार्टम सोमबार गरिने जानकारी दिइएको छ । बन्दुक नियतवश वा दुर्घटनावश चलेको बारे अनुसन्धान गरिने जानकारी पुलिसले दिएको छ ।

सलमानका एक आफन्तले भने, ‘उसका दुई साथी अघिल्लो राती आए र इन्डिया गेट जाऔं भने । त्यसकारण सलमानले आफ्नो कार निकालेर साथीहरुसँगै घुम्न निस्किए । घटनाबारे पुलिसमार्फत् जानकारी पाएपछि हामी अस्पताल पुगेका हौं,’ उनले भने । आफन्तका अनुसार घरका कान्छा छोरा सलमानका एक दाइ र एक दिदि छन् । उनको बुवाको ज्याकेट र जिन्सको व्यवसाय छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......