ब्रेकिङ न्युज

पुरा भएन नेपालको विश्वकप खेल्ने सपना, अण्डर–१९बाट बाहिरियो

प्रकाशित मिति: April 18, 2019 2:34 pm

बैशाख ५, काठमाडौं – अर्को वर्ष हुने अण्डर १९ विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया गएको नेपाली अण्डर १९ टोली विश्वकपबाट बाहिरिएको छ । युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो । युएइले प्रतियोगितामा आफ्ना सबै ५ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यससँगै युएइ विश्वकप पुगेको छ ।

जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै विश्वकप खेल्न पाउँछ र त्यो शीर्ष स्थान युएइले कब्जा गरेको छ । अहिले नेपाल कुवेतविरुद्ध आफ्नो खेल खेलिरहेको छ । यो खेल जितेमा पनि नेपाल विश्वकप जान पाउने छैन किनकि यो खेल जितेमा पनि नेपालको अंक ८ मात्र हुनेछ । नेपालले आफ्ना ५ खेलमध्ये युएइविरुद्धको खेल हारेको थियो । वर्षाका कारण रोकिएको खेल डकवर्थ लुइस विधिबाट छोट्याइँदा नेपाल १ रन पछि परेर पराजित भएको थियो । त्यही वर्षा र एक रनको दूरीले नेपालको विश्वकप सपना पूरा नहुने भएको हो ।

आज युएइले ओमानलाई १० विकेटले पराजित गर्दै नेपाललाई विश्वकपको यात्राबाट आउट गरिदिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको ओमान ४३।३ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । १०६ रनको झिनो लक्ष्य पाएका युएइका ओपनर ब्याट्सम्यानले ५० ओभरको खेल पनि टि–२० जस्तै आक्रामक रुपमा खेल्दै १२।१ ओभरमै लक्ष्य हासिल गरे । युएइका दुवै ओपनरले अर्धशतक प्रहार गरे । युएइले ओमानले दिएको १०६ रनको लक्ष्य हासिल गर्ने क्रममा ओपनर आर्यन लाक्राले ४५ बलमा ५१ रन प्रहार गरे भने अर्का ओपनर सयिद हैदरले २८ बलमा ५६ रन बनाए ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......