बम भनेर डिस्पोज गर्न लाग्दा कुकरभित्र भात भेटिएपछि..

प्रकाशित मिति: April 18, 2019 6:21 pm

बैशाख ५, काठमाडौँ – मोरङको सुन्दरहरैचा नगरपालिकामा राखिएको ‘प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात भेटिएको छ।

प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन बेलगाछीमा नक्कली कुकर बम फेला परेको हो । बम राखिएको हल्ला फ़ैलिएपछि स्थानीयबासीहरु त्रसित भएका थिए भने पुर्व–पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भएको थियो।

तर, नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र भात भेटिएको हो । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......