ब्रेकिङ न्युज

आज पनि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

प्रकाशित मिति: April 21, 2019 8:20 am

बैशाख ८, काठमाडौँ – आइतबारपनि देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले अनुमान गरेका छन् ।

पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्न सक्नेछ । मौसमविद्ले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

मौसममा दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्न सक्ने बताइएको छ । यसवर्ष प्रिमनसुन निकै नै सक्रिय भएकाले पानी पर्ने क्रम धेरै भएको पनि मौसमविद्हरुको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री आज सिंगापुर जाँदै, ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने

काठमाडौं – सत्तारुढ दल नेकपाले तत्कालीन एमाले र माओवादीबीच एकता भएको १५ महिनापछि प्रचण्डलाई ‘कार्यवहाक’......

रवि लामिछानेकी पत्नी निकिताको जाहेरी टेकु प्रहरीले लिन मानेन, कारण यस्तो

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि......