ब्रेकिङ न्युज

८५ लाख मुल्य बराबरको सुन सहित २ विदेशी पक्राउ

प्रकाशित मिति: April 22, 2019 9:40 am

बैशाख ९, काठमाडौँ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ क्षेत्रबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्रबाट भियतनामी भो थी मोइ र कमबोडिन थेब्बी यू लाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले ८५ लाख २७ हजार सात सय ६१ रुपैयाँ मूल्य बराबरको सुनको १० वटा वाला र एउटा लकेट बरामद गरेको छ ।

उनीहरु आइतबार थाई एयरवेजको फ्लाइट नम्बर टीजी ५८५ को उडानबाट विमानस्थल उत्रिएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......