१६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना पक्राउ

प्रकाशित मिति: April 22, 2019 4:35 pm

बैशाख ९, काठमाडौँ – घोडाघोडीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पक्राउ परेका छन् । सामूहिक बलात्कार गर्ने घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।उनीहरुलाई कैलालीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुले १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरी कार्यालय कैलालीका अनुसार आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा ७ जनाको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेका हुन् । किशोरी माथि सामूहिक बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बलात्कार गर्ने अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ । किशोरीको घोडाघोडी अस्पताल र नेपालगन्जमा उपचार हुन नसकेपछि काठमाडौमा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......