भारतमा बस दुर्घटना, १० जनाको मृत्यु

प्रकाशित मिति: April 28, 2019 6:58 pm

नयाँ दिल्ली – भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ ।

‘गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,’ एक प्रहरी अधिकृतले भने ।

उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।

हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । रासस

सम्बन्धित शीर्षकहरु

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......