अत्याधिक कामका कारण २७० भन्दा बढी कर्मचारीको ज्यान गयो

प्रकाशित मिति: April 29, 2019 7:24 am

एजेन्सी – दक्षिण पूर्वी एसियाली राष्ट्र इन्डोनेसियामा निर्वाचनका क्रममा अत्याधिक कामका कारण २ सय ७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांशमा थकाई सम्बन्धि समस्याबाट पीडित भएको बताइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोले निर्वाचनमा खटिएका अन्य एक हजार ८ सय ७८ जना कर्मचारी विरामी गरेको जानकारी दिएका छन् । गत अप्रिल १७ मा इन्डोनेसियामा निर्वाचन भएको थियो ।

निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न करिब ७० लाख कर्मचारी खटिएका थिए । इन्डोनेसियामा हाल रहेको अत्याधिक गर्मीका समयमा कर्मचारीहरूले राति पनि काम गर्नु परेकाले धेरै कर्मचारी अस्वस्थ भएका थिए ।

इन्डोनेसियामा झन्डै २६ करोड जनसंख्या छ । धेरै जनसंख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपति चयनका लागि एकै दिन निर्वाचन भएको थियो ।

इन्डोनेसियाको यो निर्वाचनमा १९ करोड ३० लाख योग्य मतदातामध्ये ८० प्रतिशतले ८ लाख मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिएका थिए ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......