शनिबार आमाको मुख हेर्न दिन : आमा खुवाउने औँसीको दिन यस्ता काम गर्नुहोस्, सबै मनोकामना पुरा हुन्छ

प्रकाशित मिति: May 3, 2019 4:28 pm

शनिबार आमा खुवाउने औँसी अर्थात आमाको मुख हेर्न दिन हो । नेपाली परम्परा अनुसार आमालाई विभिन्न प्रकारले पुज्ने चलन छ ।

यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।

आमा खुवाउने औसीको दिन गनैपर्ने केही कामको बारेमा जानकारी दिइएको छ ।

– आमा खुवाउने औसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गइ स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।

– यस दिन गरिब दुखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पृतिको आत्माले शान्ति पाउनेछ ।

– यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।

– आमा खुवाउने औसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात सस्र्यूको तेलको बत्ति बाल्नुपर्छ ।

– यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।

सम्बन्धित शीर्षकहरु

गुठीसम्बन्धी संसदमा पुगेको विधेयकको विवादीत

काठमाडौं – सरकारले गत वैशाख १७ गते राष्ट्रिय सभामा एउटा विधेयक दर्ता ग¥यो । त्यो विधेयक थियो गुठीसम्बन्धी......

विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप

जेठ ३२, काठमाडौँ – निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट......