हृदयघातका कारण अस्ट्रेलियामा एक नेपाली युवकको मृत्यु

प्रकाशित मिति: May 3, 2019 4:53 pm

काठमाडौँ – अस्ट्रेलियामा एक ३१ वर्षीय नेपाली युवकको ज्यान गएको छ । ज्यान जानेमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठ रहेका छन् । उनको शनिबार हृदयघातका कारण ज्यान गएको हो । नेपालबाट अस्ट्रेलिया अध्ययन गर्न पुगेकी दुर्गा अधिकारीको डिपेन्डेन्ट भीसामा सिड्नी पुगेका उनको हृदयघातका कारण अस्पतालमा नै ज्यान गएको हो ।

बिहान पानी पिउन ओछयानबाट उठेका उनी बेहोस भएपछि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पताल लगिएको उनको उपचारको क्रममा ज्यान गएको हो । उनको शव नेपाल ल्याउने तयारी भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......