आइतबार पनि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

प्रकाशित मिति: May 5, 2019 1:00 pm

बैशाख २२, काठमाडौं – आज छापावाल सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी ७१५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित शीर्षकहरु

ठमेलको नाइटक्लबमा युवाहरुसँग नाँचे पूर्व राजा र हिमानी (फोटो फिचर)

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सरप्राइज दिएका छन् । शाह......

मङ्सिर ६ देखि ९ गतेसम्म भारतसँग जोडिएको सीमानाका बन्द हुने

काठमाडौँ – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय......