पति र पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

प्रकाशित मिति: May 8, 2019 12:29 pm

काठमाडौँ – पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ ।

मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ ।

कानुनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानुनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको उक्त विधेयक ल्याइएको हो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता तथा मुलकी देवानी संहितामा गरिएको व्यवस्थामा एकरूपता ल्याउन तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकाससँगै प्रमाणका स्वरूपमा परिवर्तन भएकाले नयाँ विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।
– नेपाल समाचारपत्रबाट

सम्बन्धित शीर्षकहरु

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

काठमाडौँ – मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म......

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्म*कैद मागदाबी

काठमाडौँ – तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम......