एसईई परीक्षाको उत्तरपुस्तिका परिक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

प्रकाशित मिति: May 9, 2019 8:33 am

काठमाडौं – एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ ।

एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकासं जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......

दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा

काठमाडौं – बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गा सम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको......