चर्चित ‘सुन साइली’ गीतका रेकर्डिस्ट पक्राउ

प्रकाशित मिति: May 11, 2019 3:24 pm

बैशाख २८, काठमाडौं – चर्चित ‘सुन साइली’ गीतका रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । २५ वर्षीय आफ्नै भाइकी श्रीमती (भाइ–बुहारी) को हत्या गरेको आरोपमा महत पक्राउ परेका हुन् ।

उनले बिहीबार दिउँसो भाइ–बुहारी अञ्जना महत (लामा)को खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । अञ्जनामाथि खुकुरी प्रहार गरी हत्या गरेपछि उनले घरमै रहेकी आमालाई त्यसबारे जानकारी गराएका थिए ।

महतलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

बहुचर्चित गीत ‘सुन साइली’लगायत केही अन्य गीतमा संगीत भरेको उनी मानसिक समस्याबाट ग्रसित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलुेको प्रहरीको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......

एम्बुलेन्स र मोटरसाइकल ठो*क्किँदा २ जनाको ज्यान गयो

मंसिर २३, सिरहा – सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा......