आजबाट कक्षा ११ को परिक्षा सुरु

प्रकाशित मिति: May 12, 2019 8:39 am

बैशाख २९, काठमाडौँ – आजदेखि यस वर्षको कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो ।

यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन् ।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ ।

कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन् ।

कक्षा ११ को परीक्षा देशभर ११०७ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......