आज सुनको घट्यो कि बढ्यो, कति पुग्यो तोलामा ? थाहा पाउनुहोस्

प्रकाशित मिति: May 12, 2019 2:03 pm

बैशाख २९, काठमाडौं – आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि छापावाल सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्यबढेपनि चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२० रुपैयाँ रहेको छ। शुक्रबार चाँदी ७२५ रुपैयाँ रहेको थियो।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......