ब्रेकिङ न्युज

मुखमा कालो पट्टी बाँधेर आएका व्यक्तिद्वारा एभिन्युज टेलिभिजनको कार्यालय तोडफोड

प्रकाशित मिति: May 13, 2019 6:33 pm

बैशाख ३०, काठमाडौँ – एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......