पत्याउनु हुन्छ ? सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर !

प्रकाशित मिति: May 14, 2019 11:13 am

काठमाडौं – अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् ।

उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’

साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन् । उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा कन्न नछोड्ने पनि बताएका छन् ।
– नेपाल समाचारपत्रबाट

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......