ब्रेकिङ न्युज

३ तला माथिबाट खसेर १७ वर्षीया पूजा शर्माको ज्यान गयो

प्रकाशित मिति: May 14, 2019 11:49 am

बैशाख ३१, सुनसरी – इटहरी उपमहानगरपालिका– ६ स्थित संगित चोकमा सोमबार घरको ३ तला माथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका–६ घर भई हाल इटहरी–६ मा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्मा रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राति ९ बजे घरको तीन तला माथिबाट खसेर गम्भीर घाइते भएकी शर्माको धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भईरहेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......