ब्रेकिङ न्युज

सामूहिक बलात्कारको सिकार भएकी महिलाले आगो लगाएर आत्महत्याको प्रयास गरेपछि..

प्रकाशित मिति: May 14, 2019 11:55 am

काठमाडौँ – भारतको उत्तर प्रदेशको हापुडमा सामूहिक बलात्कारको सिकार भएकी एक महिलाले आगो लगाएर आत्महत्याको प्रयास गरेकी छन् । उनले कतैबाट पनि न्याय नपाएपछि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेकी हुन् ।

ति पीडित महिलाले यूपीको हापुड पुलिसमा सामूहिक बलात्कारको गुनासो लिएर पटक–पटक जाँदा पनि रिर्पोट दर्ता गरिएन् । जसका कारण उनी दिन–प्रतिदित पीडित बन्दै गइन्।

प्रहरीको गैर जिम्‍मेवारी प्रतिकृया देखेर उनले २८ अप्रिलमा आत्महत्या गर्ने कोशिश गरेकी थिइन्, जसका कारण उनको शरिर ८० प्रतिशत जलेको थियो। हापुड अस्पतालले उनलाई दिल्लीको अस्पतालमा रिफर गरेको थियो।

पीडित महिलाले आयोगलाई बताए अनुसार ती महिलाका श्रीमानको सडक दुर्घटनामा मृत्यु भएको थियो । उनको श्रीमानको मृत्युपछि पीडित पिता र काकीले उनलाई हापुडमा एक जना व्यक्तिलाई १० हजार रुपैयाँमा बेचेका थिए । – एजेन्सी

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......