२५ रुपैयाँमा पेटभर खाना !

प्रकाशित मिति: May 15, 2019 7:10 am

जेठ १, भैरहवा – २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् ।

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......