४३ डिग्रीको तापक्रममा १५ घण्टाको निराहार ब्रत

प्रकाशित मिति: May 15, 2019 7:28 am

काठमाडौँ – ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा (ब्रत) बसिरहेका छन् ।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए ।

‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने ।

अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......