उपराष्ट्रपतिको स्वागत गर्न ४० डिग्रीको गर्मीमा खाली खुट्टा एक घण्टा पैदल हिडेर पुगे बालबालिका

प्रकाशित मिति: May 15, 2019 7:46 am

जेठ १, रौतहट – कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनका स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याएका थिए ।

कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया १ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनु परेको बताए । यो समाचार कान्तिपुरमा शिव पुरीले लेखेका छन् ।

सम्बन्धित शीर्षकहरु

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड......

मोदीको व्यक्तित्वमा भाजपको जित, कहाँ चुक्यो काँग्रेस ?

काठमाडौं – मिडिया प्रचारवाजी , स्थानीय मुद्धा तथा सामान्य राजनीतिक खेलले लोकतन्त्रमा चुनाव जित्न कठिन......