प्रधानमन्त्री ओली आज स्वदेश फकिँर्दै

प्रकाशित मिति: May 15, 2019 1:49 pm

जेठ १, काठमाडोँ – भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्किने भएका छन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा दुई देश बीच पारस्परिक सहयोगका लागि सम्झौताहरु भएका छन् । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मोदीको निरन्तरता र नेपाल

काठमाडौं – लोकसभा निर्वाचनले पुनः भाजपा र नरेन्द्र मोदीलाई पाँच वर्ष राज्य हाक्ने क्लिन चिट दिएको छ ।......

पाँचथर हत्याकाण्ड : ‘सबैलाई मारेर मर्छु भन्थे’

काठमाडौँ – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु......