ब्रेकिङ न्युज

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

प्रकाशित मिति: May 18, 2019 8:37 am

जेठ ४, काठमाडौं – सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो ।

देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार २०७४ सालमा कालीमाटीमा ६० हजार ४३६ आलु भित्रिएकोमा ४१ हजार मेट्रिकटन भारतबाट आएको थियो ।
– गोरखापत्रबाट

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......