ब्रेकिङ न्युज

बिहेको ८ दिन अघि गरे बेहुलाले आत्महत्या

प्रकाशित मिति: May 23, 2019 8:14 am

महोत्तरी – भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार बेहुलाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

उनको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो ।

यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......