टहरोमा आगलागी हुँदा एकै परिवारका तीन जनाको ज्यान गयो

प्रकाशित मिति: May 23, 2019 8:21 am

जेठ ९, बैतडी – जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका एक परिवारको टहरोमा आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

कुवाकोटका अन्दाजी ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया उनकै श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीको जानकारी पाएपछि स्थानीय र पुरघाट प्रहरीचौकीबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो । मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमको लागि प्राथमिक उपचार केन्द्र पाटन ल्याउँदै छ भने घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......