ब्रेकिङ न्युज

सात करोड ६८ लाख नक्कली भारूसहित युनुसको समूह पक्राउ

प्रकाशित मिति: May 24, 2019 4:06 pm

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रूपैया बरामद गरेको छ।

कतारबाट आएका तीन जना पाकिस्तानी नागरिक लिन गएका अन्सारीसहित उनको समूहका अन्यलाई विशेष ब्युरोको सहयोगमा शुक्रबार दिउँसो पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका अन्सारीलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।पछि छुटेर फेरि उनी त्यही काममा लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।

कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......