पूर्वप्रधानन्यायाधीश खत्रीको निधन

प्रकाशित मिति: May 24, 2019 4:41 pm

काठमाडौं – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको बुधबार निधन भएको छ। खत्रीको ९६ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

वि.स. २००४ सालमा मुलुकी अड्डा ऐनसवाल फाँटबाट पूर्वप्रधानन्यायाधीश खत्रीले सरकारी जागिर सुरु गरेका थिए। उनी २००५ सालमा मेजर दर्जामा ह्लासा वकिल, २००९ सालमा कानुन मन्त्रालयको सचिव, २०१६ साल देखि २०३३ सालसम्‍म सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए ।

वि.स. २०१६, २०२८, २०४८ साल गरी तीन पटक कानून सुधार आयोगका अध्‍यक्ष समेत रहिसकेका खत्री २०३१ सालमा प्रेस काउन्सिलको समेत अध्‍यक्ष भएका थिए। यस्तै उनले २०३३ सालदेखि २०४२सम्‍म सर्वोच्च अदालतको प्रधानन्‍यायाधीश भएर जिम्‍मेवारी सम्हालेका थिए ।

२०४३ सालमा चीनका लागि नेपाली राजदूत भएका खत्री  २०५७ सालमा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्‍यक्ष समेत बनेका थिए।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......