‘झट्का’को ‘माया बस्यो रेडिमेड’

प्रकाशित मिति: May 25, 2019 11:18 am

काठमाडौँ – समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’को दोश्रो गीत ‘माया बस्यो रेडिमेड’ सार्बजनिक भएको छ । दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपाने को संगित रहेको गितलाइ मनिष रेश र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

सुरेश पाण्डेको कोरियोग्राफी मा सुरविर पण्डित श्याम लाल श्रेष्ठ र मनिता श्रेष्ठ ले ठुम्का लगाएको गीतलाई जिवन पराजुलीले खिचेका हुन् । सुरविर पण्डितलाई अन्य चलचित्र भन्दा पृथक फरक भुमिकामा देखाइएको चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्ने छ चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन।

यस चलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ रक्षा गुरागाइँ ईश्वर गुरुङ मनिता श्रेष्ठ उमेश बिसुङ्खे हिक्मत कुवँर प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ। चलचित्र जेठ ३१ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......