त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति: May 30, 2019 4:01 pm

काठमाडौं – त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५९ भदौ २३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका अर्यालले २०७५ मंसिर मशान्तसम्म तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रिधन, अंश, नगद र जग्गा बिक्रीबाट २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको र गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यही अवधिमा उनले आफू र आफ्नी श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।

अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......