आफ्नै कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

प्रकाशित मिति: May 31, 2019 6:56 am

काठमाडौँ – आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो , यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहान्छु ।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यवसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......