विश्वकप क्रिकेटको इतिहास

प्रकाशित मिति: May 31, 2019 10:48 am

काठमाडौं – दश टोली ४५ खेल २ सेमिफाइनल अनि फाइनल । रन , विकेट , क्याच , वोल्ड , सुपर सिक्स , क्लासिकल खेल अबको ५४ दिन अर्थात् करिब दुई महिनासम्म प्रत्येक खेलप्रेमीको मुखबाट निस्किने शव्द बन्ने छ । विशेष गरी क्रिकेट लभरहरुका लागि ।

क्रिकेटको महाकुम्भ अर्थात् विश्वकप क्रिकेट बिहीबारबाट शुरु भइसकेको छ । पहिलो पटक टेष्ट खेल्ने १२ टोलिमध्ये १० टोलि विश्वकप ट्रफिका लागि मैदानमा उत्रिएका छन् । डिफेन्डिङ्ग च्याम्पियन अष्ट्रेलिया ट्रफि जोगाउनेमा ध्याउन्नमा लाग्दा अन्य केही टोलीहरु यसलाई दोहोर्याउने प्रयासमा लाग्नेछन् । बाँकी टोलीहरु पहिलोपटक ट्रफि आफ्नो बनाउने जोशका साथ मैदानमा लड्नेछन् ।

इतिहास
सन् १९७५ बाट शुरु भएको विश्वकपको ११ संस्करण सम्पन्न भइसकेको छ । १२ औं संस्करण अहिले जारी छ ।
शुरुवात देखिनै विश्वकप क्रिकेट प्रत्येक ४ वर्षको फरकमा आयोजना हुँदै आएको छ । क्रिकेटको जन्मदाता देश इङ्ल्याण्डबाट यसको शुरुवात भएको हो । शुरुका तीन संस्करण ६० ओभरबाट शुरु भए पनि सन् १९८७ मा भारत पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपबाट ५० ओभरको खेल शुरु भएको इतिहासले देखाउछ ।

८ देशको सहभागितामा पहिलो विश्वकप भएको थियो । सन् २००७ मा भएको विश्वकपमा भने सबैभन्दा बढी १६ देशको सहभागिता रहेको थियो । विश्वकपको दोस्रो , तेस्रो र चौथौं संस्करणमा समान ८ टोलिको सहभागिता रहेको थियो । सन् १९९२ मा भएको पाँचौं संस्करणमा ९ टोली , सन् १९९६ र १९९९ मा भएको विश्वकपमा समान १२ टोलीले सहभागिता जनाएका थिए । यस्तै २००३ , २०११ र २०१५ मा भएको विश्वकपमा समान १४ टोलीले सहभागिता जनाएका थिए ।

विश्वकपको पहिलो संस्करणमा अष्ट्रेलिया , भारत , पाकिस्तान , श्रीलंका , इष्ट अफ्रिका, इंग्लयाण्ड , न्युजियाण्ड र वेष्टइन्डिले सहभागिता जनाएका थिए । इष्ट अफ्रिका बाहेक अन्य सबै टोलीले ११ वटै संस्करण खेलिसकेका छन् भने १२ औं संस्करण पनि उनिहरुको वरिपरि घुमेको छ ।
यस्तै दोस्रो संस्करणदेखि क्यानडा , जिम्वावे , साउथ अफ्रिका , केन्या , नेदरल्याण्ड , युएईले खेल्न शुरु गरेका हुन् । वंगलादेश , स्कटल्याण्ड , नामेविया , वरमुण्डा , आयरल्याण्ड र अफागानिस्तानले क्रिकेट विश्वकपमा आफ्नो सहभागिता जनाइसकेका छन् । यसमध्ये साउथ अफ्रिका , वंगलादेश र अफगानिस्तान १२ औं संस्करणमा पनि खेलिरहेका छन् ।

विजेता टोली
अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै वेष्टइन्डिजले पहिलो संस्करणको विश्वकप ट्रफि आफ्नो घर लगेको थियो । पहिलो संस्करणमा उसलाई च्याम्पियन बनाउन फाइनल खेलमा बाँया हाते व्याट्सम्यान तथा कप्तान क्लाइव हवर्ड लियोडले शतकिय व्याटिङ्ग गरेका थिए । उनले ८५ बलमा १२० को स्ट्राइकरेटले १०२ रन बनाएका थिए । उनको सहयोगमा पहिले व्याटिङ्ग गरेको वेष्टइन्डिजले ६० ओभरमा २ सय ९१ रन बनाएको थियो । जबाफमा अष्ट्रेलियाले २ सय ७४ रन मात्र बनाउन सकेको थियो ।

यस्तै दोस्रो संस्करणको उपाधी पनि वेष्टइन्डिजले आफ्नै कव्जामा पारेको थियो । आयोजक राष्ट्र इंग्लायण्डलाई पराजित गर्दै उसले उपाधी जितेको हो । उपाधी हत्याउने क्रममा १ सय ९४ रनमा इंग्लायण्डलाई समेट्दै वेष्टइन्डिजले ९२ रनको जित हासिल गरेको थियो । जसमा वेष्टइन्डिजका रिचर्डसले सानदार १ सय ३८ को पारि खेलेका थिए ।

सन् १९८३ र सन् २०११ को उपाधी भारतले जितेको थियो । इंग्लायण्डमा सन् १९८३ आयोजना भएको विश्वकपमा भारतले डिफेन्डिङ्ग च्याम्पियन वेष्टइन्डिजलाई हराएर उपाधी जितेको थियो । यस्तै सन् २०११ मा भारत , श्रीलंका र वंगलादेशले संयुक्त रुपमा आयोजना गरको विश्वकपमा सहआयोजक श्रीलंकालाई हराउँदै भारतले ट्रफि जितेको थियो ।

सन् १९८७ , १९९९, २००३ , २००७ र २०१५ मा अष्ट्रेलिया विश्वविजेता बनेको थियो । अष्ट्रेलिया मात्र यस्तो टिम हो जसले जितको ह्याट्रिकको इतिहास बोकेको छ । अष्ट्रेलियाले सन् १९८७ मा इंग्लायण्ड , १९९९ मा पाकिस्तान , २००३ मा भारत र २००७ मा श्रीलंकालाई हराएर उपाधी जितेको थियो । यस्तै २०१५ मा घरैमा आयोजना भएको प्रतियोगितामा उसले अर्को आयोजक न्युजिल्याण्डलाई हराएर उपाधी जितेको थियो ।

सन् १९९२ मा पाकिस्तानले इंग्लाण्डलाई हराएर विश्वककप जित्दा सन् १९९६ मा अष्ट्रेलियालाई हराउँदै श्रीलंका विश्वविजेता बन्दै इतिहासमा नाम लेखाउन सफल भएको छ । हालसम्म अष्ट्रेलियाले ५ ट्रफिल जित्दा , भारत र वेष्टइन्डिजले समान २, २ ट्रफि तथा पाकिस्तान र श्रीलंकाले समान १, १ ट्रफि जितेका छन् ।
विश्वकपमा निरन्तर सहभागिता जनाए पनि क्रिकेटको जन्मदाता देश इंग्लाण्डले विश्वकप जित्न सकेको छैन । जारी विश्वकप सहित गणना गर्दा उसले चार पटक विश्वकपको आयोजना गरिसकेको छ । ३ पटक फाइनल खेलिसकेको छ । दुई सेमिफाइनल र एक सुपर ८ खेलेको छ । १९७९ को फाइनलमा ९२ रनले वेष्टइन्डिजसँग ९२ रनले पराजय भोगेको उसले १९८७ मा अष्ट्रेलियासँग ७ रनले पराजय व्यहोरेको थियो । यस्तै सन् १९९२ मा उसले पाकिस्तानसँग फाइनलमा २२ रनले पराजय व्यहोरनु परेको थियो ।

आयोजक
१२ औं संस्करणसम्म आइपुग्दा क्रेकट विश्वकप सबैभन्दा धेरै इंगल्याण्डले आयोजना गरेको छ । उसले सन् १९७५ , १९७९ र १९८३ मा विश्वकपको आयोजना गरिसकेको छ । सबै खेलका फाइनलहरुमा लण्डनमा गराएको इतिहास छ । यस्तै इंगल्याण्डले १९९९ मा वेल्ससँग मिलेर प्रतियोगिताको अयोजना गरेको थियो । २०१९ को प्रतियोगिता पनि वेल्ससँग उसले संयुक्त रुपमा आयोजना गरेको छ । फाइनल खेल लण्डनमा गरेको थियो भने अहिले पनि लण्डनमा हुने छ ।
त्यसबाहेक सन् २००३ मा साउथ अफ्रिकाले एकल आयोजनामा विश्वकप सम्पन्न गरेको थियो । यो खेलको फाइनल व्रिजटाउनमा भएको थियो । यता, सन् २००७ मा वेष्टइन्डिजले प्रतियोगिताको आयोजना गरेको थियो । यो खेलको फाइनल जोहान्सवर्गमा भएको थियो ।

सन् १९८७ , १९९६ र २०११ मा एसियन देशमा विश्वकप भएको थियो । भारत र पाकिस्तानले सन् १९८७ मा पहिलो पटक संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए । यो खेलको फाइनल कोलकत्तामा भएको थियो । यस्तै सन् १९९६ को विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले गरेका थिए । यो खेलको फाइनल पाकिस्तानको लाहोरमा भएको थियो । यता सन् २०११ मा भारत, वंगलादेश र श्रीलंकाले संयुक्त रुपमा गरेका थिए । यो खेलको फाइनल भारतको मुम्बईमा भएको थियो ।

सन् १९९२ र सन् २०१५ मा भने विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा गरेका थिए । सन् १९९२ मा भएको विश्वकपको फाइनल अष्ट्रेलियाको मेलवर्नमा भएको थियो । यता सन् २०१५ मा भएको विश्वकपको फाइन मेलर्वनमै भएको थियो ।

सम्बन्धित शीर्षकहरु

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक

काठमाडौँ – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को......

जिब्रो छेड्ने जात्रा यो वर्ष यसकारण रोकियो

काठमाडौँ – थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको......