ब्रेकिङ न्युज

हृदयघातका कारण सोल्टी होटलका अध्यक्ष राणाको निधन

प्रकाशित मिति: May 31, 2019 12:42 pm

काठमाडौं – उपचारका क्रममा अमेरिकामा रहेका सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्ग बहादुर राणाको निधन भएको छ।

उनको दुई दिन अगाडी हृदयघातका कारण न्युयोर्कमा निधन भएको हो। उनी विगत १० महिनादेखि विरामी थिए।उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्रिया गरिएको थियो तर सो शल्यक्रिया बिग्रिएपछि दोश्रो पटक शल्यक्रिया गर्दा पनि समस्या आयो। त्यसपछि थप जटिल बनेको उनको स्वास्थ्यका कारण उनको कलेजोमा समस्या देखियो जसका कारण कलेजो काट्नुपरेको थियो।कलेजो काटिए पश्चात उनी कोमामा जाने आउने गरिरहेका थिए ।

राणाले सन् १९६७ मा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर सोल्टी होटलको स्थापना गरेका थिए। सो होटलले हालैमात्र नेपालगन्जमा चार तारे सोल्टी वेस्टइन्ड प्रिमियर होटल खोलेको थियो।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......