यी खेलाडी चम्किन सक्छन् विश्वकपमा

प्रकाशित मिति: June 1, 2019 2:20 pm

काठमाडौं – यतीवेला १० देशका १५० खेलाडी क्रिकेटमा विश्वलाई राज गर्न मैदानमा छन् । ५४ दिनसम्म विश्वले क्रिकेटलाई नजिकबाट नियाल्नेछ । विशेष गरेर दक्षिण एसियामा यसको प्रभाव निकै पर्नेछ ।

भारत, पाकिस्तान , श्रीलंका , अफगानिस्तान र वंगलादेशमा अहिले आम जनताको ध्यान क्रिकेटमा गएको छ । उनीहरुलाई क्रिकेटको चाड लागेको छ । नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ । नेपाली क्रिकेट प्रेमीहरुलाई पनि यसको प्रभाव परेको छ ।
विश्वकप अन्तर्गत दुईवटा खेल समापन भइसकेका छन् । पहिलो खेलमा आयोजक राष्ट्र इंगल्याण्डले साउथ अफ्रिकालाई हराउँदा दोस्रो खेलमा वेष्टइण्डिजले पाकिस्तानलाई हराएको छ । आज हामी विश्वकपमा चम्कन सक्ने सिताराहरु मध्ये केहीको खेलाडीहरुको बारेमा अनुमान गर्न खोज्दैछौं ।

भारत
दुई पटक विश्वकप जितेको भारत यस पटकको विश्वकपको प्रमुख दावेदार टिम हो । अनुभवी सन्तुलित र युवा शक्ति संचयको कारण भारत बलियो टिम मानिएको छ । भारतसँग महेन्द्रसिंह धोनी जस्तो कुशल गेम प्लानर, विराट कोहली जस्तो रन मेसिन र रोहित शर्मा जस्तो स्कोरर रहेको छ । यस्तै जस्प्रित भुम्राहा , भुवनेश्वर कुमार , मोहम्मदी शामी जस्ता फास्ट बलर र हार्दीक पाण्डेया जस्तो अलराउन्डर हुँदा उसको टोली महत्वपूर्ण छ ।

विराट कोहली


भारतीय टोलीका कप्तान तथा रन मेसिन कोहली वर्तमान क्रिकेटरमध्ये सफल व्याट्सम्यान हुन । चेज मास्टरका रुपमा परिचित कोहीले २० भन्दा बढी सतक चेज गरेरै बनाएका छन् ।
विश्वका नम्बर एक व्याट्सम्यानका रुपमा रहेकाले एक दिवसीय क्रिकेटमा १० हजार रन पुरा गरिसकेका छन् । उनी भारतीय व्याटिङ् लाइअपका सबैभन्दा मुख्य अस्त्र हुन् ।

रोहित शर्मा


रोहित मात्र एक यस्ता व्याट्सम्यान हुन् जसले एकदिवसीय क्रिकेटमा तीनबटा दोहोरो सतकको रेकर्ड बनाएका छन् ।
टोलिको उपकप्तान समेत रहेका शर्मा विश्व क्रिकेटमा एकदिवसीय अन्तर्गत दोस्रो नम्बरमा रहेका छन् । सन् २०१३ पश्चात् भारतीय व्याट्स्यामनमा ओपनरको भुमिका निर्वाह गर्दै आएका उनले ८ हजार रन पुरा गरिसकेका छन् । इण्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई नेतृत्व गरिरहेका उनले चार उपाधी दिलाइसकेका छन् । तथ्यांकले उनीको जोडि शिखर धवन र विराट कोहलीसँग खुब जम्ने देखाउछ ।

जसप्रित भुम्रहा


भारतीय तिव्र गतिको लाइअपमा भुम्रहा मेरुदण्ड हुन् । आइपिएलबाट उदाएमा भुम्रहा डेथ ओभर अर्थात् अन्तिमका ओभरहरुमा अलिक आक्रमक देखिने गर्दछन् । देथ ओभर स्पेस्लेष्टि भुम्रहाको योगदान इण्यिन टिममा महत्वपूर्ण छ ।
भुवनेश्वर र शामीले राम्रो साथ दिन सकेमा भुम्रहा अन्य टिमका लागि घातक बन्न सक्छन् । उनले सो कुरा आइपिएल र खेलेका अन्य अन्तर्राष्ट्रिय खेलहरुमा देखाइसकेका छन् ।

अष्ट्रेलिया
पाँच पटकको उपाधी विजेता । डिफेन्डिङ्ग च्याम्पियन अष्ट्रलिया यो पटक पनि लयमा छ । कारवाहीमा परेका वार्नर स्मिथ फर्किएसँगै फेरी अष्ट्रेलिय टोलिय बलियो भएको छ । उस्मान खवाजा , आरोन फिन्च , स्टोइनिस तथा बलहरु वेरेड्रफ , स्टार्क चलेमा उसले छैटौं उपाधी लाने पक्का छ ।

डेभिड वार्नर


प्रतिवन्ध फुकुवा पश्चात् आइपिएल खेलेका वार्नरले आफ्नो क्षमता देखाइसकेका छन् । वार्नर रनका भोका हुन् भन्ने कुरा प्रमाणित गरिसकेका छन् । यो विश्वकपमा अघिल्लो अर्थात् २०१५ को विश्वकप जस्तै रन बनाएमा उनले उपाधी दिलाउन सक्ने आंकलन गर्न कठिन छैन ।
वायाँहाते ओपनर वार्नरले टोलीलाई शुरुवाटै नेतृत्व गर्नेछन् । कप्तान फिन्चसँगै ओपनरको रुपमा मैदानमा उत्रने उनले यो विश्वकपबाट उनको महत्व थप मजवुद बनाउन सक्नेछन् । उनी आक्रम व्याट्सम्यान पनि हुन् ।

ग्नेल माक्सवेल
माक्सवेल विग हिटर हुन् । उनी पारी सम्हाल्न सक्छन् । ५० वलमा सेन्चुरी मार्न सक्छन् । उनी बलिङ्ग पनि गर्छन् ।
उनी विश्वका उत्कृष्ठ अल्राउन्डरमा पर्छन् । उनी फिल्डिङ्गमा पनि उतिकै माहिर छन् । उनीसँग ठूला सट खेल्ने क्षमता छ । सट सेलेक्सन र आवश्यक्ता अनुसार रन रेट बढाउन सक्ने क्षमताका खेलाडी हुन् उनी ।

मिचेल स्टारक


२०१५ को वल्डकपमा म्यानअफ द सिरिज जितेका स्टार्क घातक बलर हुन् ।
उनको योरकर बलिङ्ग राम्रो छ । बायाँहाते बलर उनी १४५ भन्दा माथिको स्पिडमा बलिङ्ग गर्न सक्छन् । व्रेटलि , मिचेल जोनसोन पश्चात् अष्ट्रेलियाको बलिङ्ग मोर्चा उनको वरिपरि घुमेको जस्तो देखिन्छ ।

न्युजिल्याण्ड
सन् २०१५ मा विश्वकपको आयोजक तथा उपविजेका हो न्युजिल्याण्ड । व्लाक क्याप भनेर चिनिने उ पनि यो वल्डकर्पमा महत्वपूर्ण तथा अन्तिम चारमा पुग्ने टिम रहेको छ ।
उसँग पनि अनुभवको कमी छैन । रोस टेलर र कप्तान केन विलम्सनले व्याटिङ्ग मोर्चा सम्हाल्दा ट्रेन बोल्ड , फर्गुनसन , ग्रेनहोम लगायत पनि मुख्य खेलाडी बन्ने छन् ।

केन विलम्सन


कप्तान तथा वान डाउन व्याट्सम्यान विलम्सन न्युजिल्याण्डका प्राण हुन । उनको वरिपरि व्याटिङ्ग घुम्ने देखिन्छ । अनुभवि व्याट्म्यान उनले मार्टिन गप्टिल रोस टेलरको साथ पाएका उत्कृष्ठ खेल देखाउने संभावना रहेको छ ।
विश्वका हरेका कुनामा गएर खेलेका तथा विश्वका अन्य टोलिहरुलाई पनि उनले हाकेका छन् । उनीसँग टाइमिङ्ग , टेक्निक लगायतका सम्पूर्ण ज्ञान छ । उनी एक असल लिडर पनि हुन् ।

ट्रेन वोल्ड

न्युजिल्याण्डका लागि अनुभवि बलर हुन् वोल्ड । उनीसँग बललाई बाहिर तथा भित्र निकाल्ने क्षमता छ । प्रायः विश्वमा हुने सबै लिग खेल खेलेका उनीसँग व्याट्सम्यानलाई रिड गर्ने क्षमता छ । उनी आफ्नो टोलिलाई चाहिएको बेलामा विकेट निकालेर दिने क्षमता राख्छन् ।

इंगल्याण्ड
आयोजक राष्ट्र इंगल्याण्ड उपाधीको प्रमुख दावेदार टोलि हो ।  ३ पटक फाइनलको यात्रा तय गरेको इंगल्याण्डलाई यस पटक इयान मोर्गानले सम्हालीरहेका छन् ।

यस्तै रुट , रोय , वेरिष्टो लगायतको कम्निेसन राम्रो जमेको छ । वेन स्टोक , प्लंकेट लगायतले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । क्रिस वोक्सबाट धेरै आश गरिएको छ । आर्चरको बलिङ्ग उत्तिकै महत्वपूर्ण छ ।

जोए रुट


रुट पारी सम्हाल्न सक्ने खेलाडी हुन् । उनी टोलिको खम्वा हुन् । उनमा अनुभव , टेक्निक , क्षमता सबै छ ।
नम्बर ३ मा खेल्ने २८ वर्षिय दायाँ हाते व्याट्सम्यान रुट टेष्ट टोलिका कप्तान हुन । उनलाई टिम विग्रिएमा सम्हाल्न आउँदछ । उनी गलत सट प्रायः खेल्दैनन् । उनमा धैर्यता पनि छ । उनलाई आउट बनाउन नसके विपक्षिले ठूलो क्षति वेर्होनु पर्ने हुन सक्छ ।

जोस बटलर


विकेट किपर व्याट्सम्यान बटलर इंगल्याण्डका महत्वपूर्ण खेलाडी हुन् । पछिल्लो समय इनफर्म रहेका बटलर १२० को स्ट्राइकरेटमा रन बनाइरहेका छन् । उनीसँग ठूला सट खेल्ने चातुर्यता छ ।

उनले आफूलाई सो कुरामा परिणत गरिसकेका छन् । यस्तै उनले विश्वका सबै कुनामा पुगेर आफूलाई प्रमाणित गरिरहेका छन् । पछिल्लो समय इंगल्याण्ड ३०० सय भन्दा माथि रन बनाइँरहँदा उनको महत्वपूर्ण योगदान रह्यो । उनी विकेट पछाडी पनि चुस्त देखिन्छन् ।

वेन स्टोक

स्टोक क्रिकेटका लागि सम्पूर्ण प्याकेज हुन् । उनी बलिङ्ग , व्याटिङ्ग र फिल्डिङ्गमा चुस्त छन् । जुन् पहिलो खेलमा देखाइसकेका छन् । उनको महत्वपूर्ण रन , क्याच र वलिङ्गले इंगल्याण्डले खेल जितेको थियो ।

बायाँहाते यि अलराउण्डरलाई रोक्न अन्य टोलिलाई खुव मिहिनेत गर्नुपर्ने देखिन्छ । आइपिएलमा चल्न नसकेका उनले विश्वकपमा भने आफ्नो क्षमता देखाउन थालेका छन् ।

साउथ अफ्रिका
एक पछि अर्को ठूला र नामी अनि क्षमतावान खेलाडि साउथ अफ्रिकासँग छ । साउथ अफ्रिकाले पनि राम्रो खेलाडि मैदानमा उर्ताने गरेतापनि विश्वकप भने जित्न सकेको छैन । आफ्नै देशमा प्रतियोगिता आयोजना गरिसकेको भएपनि उसँग कप भने छैन ।

यो पटक पनि उसँग शुरुवातदेखि एक से एक खेलाडि छन् । उपकप्तान डि कक , मक्रम , कप्तान फाप , डेभिड मिलर , जेपी डुमिनि लगायतका खेलाडि तथा रवाडा , डेल स्टेन , लुगिं इगिडि लगायतका खेलाडि छन् ।

फाप डु पेसिस


फाप कप्तान हुन् । उनी उत्कृष्ठ लयमा छन् । कप्पतानी पनि उनको सक्षम छ । भर्खरै आइपिएलमा समेत उत्कृष्ठ लयमा उनी देखिए । यता पहिलो खेलमा भने उनको टोलीले जित निकाल्न सकेन । तर, उनीसँग वलियो आत्माविश्वास देखिन्छ ।

उनलाई शुरुवातबाटै साथ दिने बलियो टोलि रहेको छ । साउथ अफ्रिकाको बलिङ्ग लाइन अप सधै जस्तो स्ट्रोङ्ग छ ।

काइगिसो रवडा


रवडा २४ वर्षको उमेरमा रेकर्डको वर्षा गराउन सफल भएका छन् ।
उनले अनुभवि र खतरनाक वलर डेल स्टेनलाई पाखा लगाइसकेका छन् । उनी साउथ अफ्रिकाको बलिङ्ग लाई हाकिरहेका छन् । साउथ अफ्रिका फास्ट बलिङ्ग अब्बल रहेको प्रमाणलाई दरिलो बनाइरहेका छन् । उनको जोड स्टेन वा लुगिं इंगिढीसँग राम्रो जम्ने देखिन्छ ।

इमरान ताहिर


वल्डकर्पको पहिलो खेल । अनि दोस्रो वल । व्याटिङ्गमा खतरनाक वेरिष्टो । जो पछिल्लो समय उच्च लयमा छन् । उनको विकेट । त्यो पनि गोलडेन डक । इमरान ताहिरको खासियत हो ।
ताहिर विश्वका खतरनाक बलर हुन् । उमेरले ४० कटिसके । तर पनि साउथ अफ्रिकालाई उनले योगदान दिइरहेका छन् । पावर प्लेको पहिलो ओभर डाल्न सक्ने क्षमता भएका ताहिर , देथ ओभरमा पनि त्यतिकै किफायती हुन्छन् । सायद अन्तिम विश्वकप खेलिरहेका उनले साउथ अफ्रिकाबाट उच्च प्रदर्शन गर्ने आशा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

काठमाडौँ – मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म......

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्म*कैद मागदाबी

काठमाडौँ – तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम......